आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालले पाँचौँ विकेट हात पारेको छ। नेपालका लागि पाँचौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन्।
दीपेन्द्रले २२ औँ ओभरको तेस्रो बलमा जगानन्द सिंहलाई आरिफको हातबाट क्याचआउट गराए। नेपालका लागि यसअघि चार विकेट करण केसीले लिएका थिए।
अमेरिकाले २२ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ६६ रन बनाएको छ। नेपालले अमेरिकालाई सुरुबाटै दबाबमा राखेको छ।
जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको अमेरिकाले यसअघि दशौँ ओभरमा चौथो विकेट गुमाएको थियो।
करण केसीले नोसथुस केन्जीगलाई पवेलिएनको बाटो देखाउँदा आफ्नो नाममा ४ विकेट पारेका थिए।
१ रन बनाएका नोसथुसलाई करणले आरिफ शेखको हातबाट क्याच आउट गराए। अमेरिकाविरुद्ध घातक बलिङ गरेका करणले पाँचौ ओभरमा ४ विकेट लिएर मात्र ७ रन खर्चिए।
त्यसअघि करणले नै आठौं ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए।
२२ बल खेलेका जोन्सले मात्र २ रनमा पवेलियन फर्के। दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई अर्को सफलता दिलाए।
करणले व्यक्तिगत आफ्नो पहिलो तथा टोलीको दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई क्याच आउट गराएर सुखद सुरुवात गरेका थिए।
त्यसपछि पनि करणको बलिङ अमेरिकालाई भारी पर्यो। विश्वकप छनौटको सुपर सिक्समा अटाउन जित्नै पर्ने दबाबमा दुवै टोली छन्।
यसअघि पहिलो खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग र अमेरिका वेष्टइन्डिजसँग पराजित भएका थिए।
Shares
प्रतिक्रिया