नेपाली टोलीका कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका छन्। कप्तान रोहितले २९ बलमा २ चौका हान्दै २७ औं ओभरको पहिलो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए।
यसअघि नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध नेपालका दुवै ओपनर आउट भएका थिए।
अमेरिकाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले २६.१ ओभरमा ३ विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल ४ चौका र १ छक्का हान्दै ३९ रनमा आउट भए। पाचौँ ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे।
जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भएको थियो।
33
Shares
प्रतिक्रिया