ad ad

खेल


अब दुई गोल गरे अञ्जनले तोड्ने छन् हरि र निराजनको कीर्तिमान

अब दुई गोल गरे अञ्जनले तोड्ने छन् हरि र निराजनको कीर्तिमान

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८० बुधबार १८:४६, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट अब सर्वाधिक गोलकर्ता बन्नबाट दुई गोल मात्र पछि छन्। 

भारतमा आज बुधबारदेखि सुरु साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भयो। 

खेलपछि अञ्जनले आफूहरु अर्को खेलमा जितका लागि नै खेल्ने बताएका छन्। 

खेलमा ३–० ले पछि परेको नेपालका लागि अञ्जनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए।

खेलको ६८ औं मिनेटमा अञ्जन विष्टको गोलमा नेपाल खेलमा फर्किने प्रयासमा थियो।

डिफेन्डर अनन्त तामाङको लामो पास कुवेतका डिफेन्डरले क्लियर गर्न नसक्दा अन्जनले उत्कृष्ट फिनिसिङ दिएका थिए। यससँगै अञ्जनले राष्ट्रिय टोलीबाट १२ गोल गरेका छन्।  

यसअघि राष्ट्रिय टोलीबाट हरि खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन्। 

अञ्जनले अब राष्ट्रिय टोलीबाट एक गोल गरे १३ गोलको कीर्तिमान बराबरी गर्नेछन्। २ गोल गरेमा नेपालका सर्वाधिक गोलकर्ता बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .