ad ad

खेल


नेपाललाई सुरुमै धक्का, कुशल भुर्तेल ५ रनमै आउट

नेपाललाई सुरुमै धक्का, कुशल भुर्तेल ५ रनमै आउट

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १७:११, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा जवाफी ब्याटिङको सुरुमै नेपालले धक्का व्यहोरेको छ।

३४० रनको चुनौती पछ्याइरहेको नेपालका ओपनर कुशल भुर्तेल ६ बलमा ५ रन बनाएको अवस्थामा पवेलियन फर्किए।

कुशललाई जोशेफले बोल्ड आउट गरेका हुन्। उनी आउट भएपछि अहिले क्रिजमा भीम सार्की आएका छन्। 

उनलाई अर्का ओपनर आशिफ शेखले साथ दिइरहेका छन्। यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेटको क्षतिमा ३३९ रनको विशाल योगफल तयार गरेको थियो।

नेपालले ओडीआईतर्फ अहिलेसम्म पाएको यो सबैभन्दा विशाल चुनौती पनि हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .