आईसीसी विश्वकप छनोट खेलमा नेपाललाई लगातार झड्का लागेको छ। मध्यम सुरुवात गरेको नेपालले लगातार दुई विकेट गुमाएको छ।
नेपालका भीम सार्की पाचौं ओभरको दोस्रो बलमा २ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट भए।
यसअघि कुशल भुर्तेल दोस्रो ओभरको चौथो बलमा अल्जारी जोसेफको बलमा बोल्ड आउट भए।
आईसीसी विश्वकप छनोटमा वेष्ट इण्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले पाचौं ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर २३ रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा आशिफ शेख १५ र कप्तान रोहित पौडेल शून्य रनमा नटआउट छन्।
84
Shares
प्रतिक्रिया