आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा अर्का ओपनर आशिफ शेख पनि आउट भएका छन्।
३६ बलमा ३ चौका हान्दै २८ रन बनाएका आशिफ क्याच आउट भएर पवेलियन फर्किएका हुन्।
मध्यम सुरुवात गरेको नेपालले लगातार दुई विकेट गुमाएको छ।
नेपालका भीम सार्की पाचौं ओभरको दोस्रो बलमा २ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट भए।
यसअघि भुर्तेल दोस्रो ओभरको चौथो बलमा अल्जारी जोसेफको बलमा बोल्ड आउट भए।
वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले १३ औँ ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ।
87
Shares
प्रतिक्रिया