आईसीसी विश्वकप छनोटमा नेपालले अर्को एउटा विकेट गुमाएको छ।
नेपालले २९ औं ओभरको पहिलो बलमा दिपेन्द्र सिंह ऐरिलाई पवेलियन फर्केसँगै नेपालले छैटौं विकेट गुमाएको छ।
लामो सट खेल्ने धुनमा रहेका दीपेन्द्र क्याच आउट भए।
वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २९ औं ओभरको खेल जारी रहँदा ६ विकेट गुमाउँदा १२९ रन मात्र बनाएको छ।
२३ औं ओभरको पहिलो बलमा कुशल मल्ल २ रनमा आउट भए। अकेल होसेनको बलमा कुशल मल्ल क्याच आउट भए।
नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो। अल्जारी जोसेफको बलमा कुशल बोल्ड आउट भए।
पाँचौं ओभरमा नेपालले भिम सार्कीलाई गुमायो। ७ बलमा २ रन बनाएका भिम जेसन होल्डरको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए। नेपालले १२ औं ओभरको अन्तिम बलमा विकेट किपर आशिफ शेख २८ रनमा क्याच आउट भए।
३६ बलको सामना गरेका आशिफ ३ चौका हान्दै किमो पउलको बलमा कायल मेयर्सको हातबाट क्याच आउट भए।
२० औं ओभरको चौथो बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमायो। कप्तान रोहित ४३ बलमा ३ चौका ममद्धतमा ३० रन बनाउँदा क्याच आउट भए।
त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३९ रनको योगफल तयार पारेको थियो।
Shares
प्रतिक्रिया