ad ad

खेल


वेष्ट इन्डिजसँग नेपालको फराकिलो हार

वेष्ट इन्डिजसँग नेपालको फराकिलो हार

नेपालखबर
असार ७, २०८० बिहिबार २०:४१, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा नेपाल चार पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ।

वेष्ट इन्डिजसँगको हारको बाबजुद पनि नेपालको सुपर सिक्समा पुग्ने अंक गणितिय सम्भावना यथावत छ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्डस्सँग खेल्नेछ। सो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे सुपर सिक्समा पुग्ने सम्भावना छ।

वेष्ट इन्डिजले दिएको ३ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २ बल अगावै २ सय ३८ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि आशिफ शेखले बनाएको ६३ रन नै सर्वाधिक रह्यो। ९३ बलको सामना गरेका शेखले ४ चौका र १ छक्का हाने। गुलसन झाले ४२ र रोहित पौडेलले ३० तथा आशिफ शेखले २८ रन थपे। दिपेन्द्र सिंह ऐरीले २३ बनाए। करण केसी २८ रन बनाउँदा क्याच आउट भए। ललित राजवंशी शून्य रनमा नटआउट रहे।

वेष्ट इन्डिजका बलरसामु लामो समय क्रिजमा टिक्न नसकेका नेपालका ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालले २९ औं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरी पवेलियन फर्केसँगै नेपालले छैटौं विकेट गुमाएको छ। लामो सट खेल्ने धुनमा रहेका दीपेन्द्र २३ रनमा क्याच आउट भए।

२३ औं ओभरको पहिलो बलमा कुशल मल्ल २ रनमा आउट भए। अकेल होसेनको बलमा कुशल मल्ल क्याच आउट भए।

नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो। अल्जारी जोसेफको बलमा कुशल बोल्ड आउट भए।

पाँचौं ओभरमा नेपालले भिम सार्कीलाई गुमायो। ७ बलमा २ रन बनाएका भिम जेसन होल्डरको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए। १२ औं ओभरको अन्तिम बलमा विकेट किपर आशिफ शेख २८ रनमा क्याच आउट भए।

३६ बलको सामना गरेका आशिफ ३ चौका हान्दै किमो पउलको बलमा कायल मेयर्सको हातबाट क्याच आउट भए।

२० औं ओभरको चौथो बलमा कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहित ४३ बलमा ३ चौका मद्दतमा ३० रन बनाउँदा क्याच आउट भए।

त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३९ रनको विशाल योगफल तयार पारेको थियो।

ओडीआई क्रिकेटमा नेपालले पाएको यो अहिलेसम्म कै विशाल योगफल हो।

चौथो विकेटका लागि कप्तान होप र पुरनले दोहोरो शतकिय साझेदारी गरे। एक समय १५।३ ओभरमा ४–५५ रनको अवस्थामा रहेको वेष्ट इन्डिजका लागि होप र पुरनले २८ ओभर ३ बलमा २ सय १६ रनको साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको थियो।

पुरनले १ सय १५ बलमा १० चौका र ४ छक्का मद्दतमा १ सय १५ रन बनाए। पुरनलाई दिपेन्द्र सिंह ऐरिले ४४ औं ओभरको अन्तिम बलमा क्लिन एण्ड बोल्ड गरे।

कप्तान होप १२९ बलमा १० चौका र ३ छक्का हान्दै १ सय ३२ रनमा भिम सार्कीको हातबाट क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका होप ४९।२ ओभरमा आउट भए।
जेसन होल्डर १६ रनमा नटआउट रहे।

खेलमा राम्रो सुरुवात गरेको नेपालले होप र पुरनको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो।

दोस्रो ओभरको तेस्रो बलमा करण केसीले काइल मेयर्सलाई क्याच आउट गराएका थिए। चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्सलाई १ रनमा आउट भए।

सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ४२ बलमा २ चौका र २ छक्का हान्दै ३२ रन बनाएका ब्रान्डोन किङलाई बोल्ड आउट गरे।

रोभम्यान पावेल २९ रनमा ललित राजवंशीको बलमा गुलसन झाको हातबाट क्याच आउट भए। किमो पल १ ललित राजवंशीको बलमा बोल्ड आउट भए।

गुलसन झाले ८ ओभरमा ६४ रन दिएर १ विकेट लिए। नेपालका सन्दीप लामिछानेले आफ्नो स्पेलमा १ मेडन राख्दै ५० रन दिएर १ विकेट लिए।

नेपालका लागि महंगा सावित भएका करण केसीले १० ओभरमा १ मेडन राख्दै ८१ रन दिएर १ विकेट लिए। आरिफ शेखले ४ ओभरमा ३३ र कुशल मल्लले १ ओभरमा ८ रन दिए। दिपेन्द्र सिंह ऐरीले ७ ओभरमा ४५ रन दिएर १ विकेट लिए।

ललित राजवंशीले १० ओभरमा मात्र ५२ रन दिएर तिन विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .