ad ad

खेल


संकटमा नेपाली टोली, सय रन नकटाउँदै गुम्यो ५ विकेट

संकटमा नेपाली टोली, सय रन नकटाउँदै गुम्यो ५ विकेट

नेपालखबर
असार ९, २०८० शनिबार १४:४६, काठमाडौँ

आईसीसी विश्वकप एक दिवसीय छनोट अन्तर्गत २५.२ ओभरमा ५ विकेट गुमाएपछि नेपाली टोली संकटमा आएको छ।

जिम्बाब्वेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले २५.२ ओभरमा ५ विकेट गुमाउँदा ९१ रन बनाएको छ। 

अहिले त्रिजमा कप्तान रोहित पौडेल १६ रनमा नटआउट छन्। अहिले क्रिजमा दिपेन्द्र सिंह एरि आएका छन्। 

नेपालले १ सय रन पनि नकटाउँदै ५ ब्याटरलाई गुमाएको हो।

कसिलो बलिङ गरिरहेका नेदरल्याण्ड्सका बलर सामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेका छैनन्। 

१९ बलमा १ छक्का हान्दै १२ रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा क्याच आउट भए। 

१८.१ ओभरमा ५६ बल खेलेका भिम सार्की १ चौका मद्धतमा २२ रन बनाउँदा क्याच आउट भए। आरिफ शेख १६।१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए। 

त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। शेख खेल लोगान भ्यान बेकको बलमा शुन्य रनमा बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई २७ रनमा गुमायो। 

१४.५ ओभरमा ४२ बलमा २ चौका हान्दै २७ रन बनाएका कुशल विक्रम जित सिंहको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। 

सुपर सिक्समा पुग्न नेपालले आजको खेलमा नेदरल्यान्ड्सलाई हराउनै पर्छ।

आजको खेलमा पराजित भए नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .