ad ad

खेल


नेदरल्यान्ड्सविरूद्ध नेपालको खराब ब्याटिङ, नवौं विकेट पतन

क्रिजमा ललित र सन्दीप
नेदरल्यान्ड्सविरूद्ध नेपालको खराब ब्याटिङ, नवौं विकेट पतन

नेपालखबर
असार ९, २०८० शनिबार १५:५३, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली टोलीले कमजोर ब्याटिङ गरेको छ। सुरुदेखि नै दबाबमा रहेको नेपालले १ सय ५७ रन जोड्दा ९ विकेट गुमाइसकेको छ। 

नेपालले ४१ ओभरको खेल खेलिरहँदा १ सय ५५ रन बनाएको छ भने ८ विकेट गुमाएको हो।

अहिले त्रिजमा ललित राजव‌ंशी ० र सन्दीप लामिछाने १७ रनमा खेलिरहेका छन्।

२५.२ ओभरमा १९ बलमा १ छक्का हान्दै १२ रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा क्याच आउट भए। १८.१ ओभरमा ५६ बल खेलेका भिम सार्की १ चौका मद्धतमा २२ रन बनाउँदा क्याच आउट भए।

आरिफ शेख १६.१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए। 

कसिलो बलिङ गरिरहेका नेदरल्याण्ड्सका बलर सामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .