ad ad

खेल


म्यानचेस्टर सिटीका कप्तान गुन्डोगानलाई बार्सिलोनाले भित्र्यायो

म्यानचेस्टर सिटीका कप्तान गुन्डोगानलाई बार्सिलोनाले भित्र्यायो

नेपालखबर
असार ११, २०८० सोमबार १४:११, काठमाडौँ

इङ्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका छन्।

यस सिजन म्यानचेस्टर सिटीलाई दुर्लभ तेहेरो उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका गुन्डोगान फ्री ट्रान्सफरमा बार्सिलोनामा आवद्ध भएका हुन्। 

उक्त कुराको घोषणा म्यानचेस्टर सिटी र बार्सिलोना दुवैले सोमबार एकसाथ गरेका छन्। 

यही महिना सिटीसँगको सम्झौता सकिएपछि जर्मनीका मिडफिल्डर गुन्डोगान स्पेन लागेका हुन्। 

गुन्डोगानको कप्तानीमा सिटिले यो सिजन इङ्ग्लिस प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको थियो। 

सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि चुमेको हो। सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि चुम्दा इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गरेको थियो। 

सम्झौता सकिएपछि सिटीले नवीकरण प्रस्ताव गरे पनि गुन्डोगानले बाल्यकालदेखिको आफ्नो ड्रिम क्लबमा नयाँ यात्रा थालेका हुन्। 

सिटीले सोमबार बिदा गरेको घोषणा गरिरहँदा बार्सिलोनाले उनलाई स्वागत गरिसकेको छ। गुन्डोगानले बार्सिलोनासँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ

गुन्डोगान २०२२–२३ को सुरुमा सिटीको कप्तान भएका थिए। ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले छाडेपछि गुन्डोगानको काँधमा कप्तानीको जिम्मेवारी आएको थियो। 

उनलाई सिटीले सन् २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट २० मिलियन पाउन्डमा किनेको थियो। सिटीमा रहँदा उनले ३०४ खेल खेल्दै ६० गोल आफ्नो नाममा लेखाएका छन्। 

सिटीको करिअर अवधिमा उनले १४ उपाधि उचाले। जसमा पाँचवटा  प्रिमियर लिग पनि  छन्। त्यस्तै २ एफए कप र ४ काराबाओ कप पनि छन्। उनी सिटीमा रहँदा २ पटक कम्युनिटी सिल्ड पनि जिते। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .