ad ad

खेल


टोटनह्यामले भित्र्यायो इटालियन गोलकिपर

टोटनह्यामले भित्र्यायो इटालियन गोलकिपर

नेपालखबर
असार १३, २०८० बुधबार १२:४९, काठमाडौँ

इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियो टोटनह्याममा अनुबन्ध भएका छन्। भिकारियो सिरी ए क्लब एम्पोलीबाट पाँच वर्षका लागि टोटनह्याम भित्रिएका हुन्। 

स्विडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले आफ्नो लोन स्पेललाई स्थायी रुपमा परिणत गरेपछि नयाँ प्रबन्धक एन्जे पोस्टेकोग्लोले हस्ताक्षर गरेका हुन्।

२६ वर्षीय भिकारियोले एम्पोलीमा २ वर्ष बिताए। स्पर्सका कप्तान तथा ह्युगो लोरिसको सम्झौता अवधि १२ महिना बाँकी छ। 

भिकारियोले उडिनेसबाट आफ्नो खेल करियर सुरु गरेका थिए। सिरी एमा २०२१ जुलाईमा एम्पोलीमा सामेल हुनुअघि क्याग्लियारी, पेरुगिया र भेनेजियामा आफ्नो प्रभाव जमाएका थिए। 

गत सिजन भिकारियाले ३१ लिग खेलमा ३९ गोल खाएका थिए भने सात क्लिन सिट राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .