ad ad

खेल


२५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीले भित्र्यायो कोभासिक

२५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीले भित्र्यायो कोभासिक

नेपालखबर
असार १३, २०८० बुधबार १३:३, काठमाडौँ

म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिकलाई चेल्सीबाट २५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ। 

२९ वर्षीय कोभासिकका लागि एड-अनहरुमा सम्भावित ५ मिलियन पाउन्डको सम्झौता छ। सिटीले कोभासिकलाई चार वर्षका लागि अनुबन्ध गरेको हो। 

गत सिजन ट्रेबल च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिक समरमा सिटीको पहिलो अनुबन्ध हो।

सिटीमा आबद्ध भएपछि कोभासिकले भने, यो मेरा लागि उत्कृष्ट अवसर हो। म सिटीमा आफ्नो सुरुवात गर्न पर्खन सक्दिनँ। पेप गार्डियोलाको नेतृत्वका लागि यो टोल हेरेका जो कोहीलाई थाहा छ कि तिनीहरु कत्ति राम्रा छन्। मेरा लागि उनीहरु विश्वका उत्कृष्ट हुन्। 

उनले थपे, यो टोलीमा सामेल हुन कुनै पनि फुटबलरका लागि सपना हो। मैले अझै धेरै सिक्न र विकास गर्न बाँकी छ। मलाई थाहा छ- पेपको व्यवस्थापनमा म राम्रो खेलाडी बन्न सक्छु, जुन मेरा लागि साँच्चैको रोमाञ्चक छ। 

कोभासिक २०१८ अगस्टमा रियल मड्रिडबाट चेल्सी आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .