ad ad

खेल


टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालखबर
असार १७, २०८० आइतबार १२:३८, काठमाडौँ

आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा यूएईविरुद्व नेपालले पहिला फिल्डिङ गर्ने भएको छ। 

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गर्ने भएको छ। 

नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। खेलमा प्रतिश जिसी, अर्जुन साउद र ज्ञानेन्द्र मल्ल सुरुवाती ११ मा आएका छन्। कुशल मल्ल, ललित राजवंशी र आशिफ शेख  बेन्चमा छन्। 

ज्ञानेन्द्र मल्ल सन् २०२३ को ९ मार्चपछि टोलीमा परेका हुन्।  

विश्वकप छनोटको समूह चरणबाटै बाहिरिसकेका यी दुई टोलीबीचको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डसँग खेल्न पाउनेछ।

यूएईलाई पराजित गरेमा नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ।

आजको खेलमा पराजित हुने टोलीले नवौँ स्थानको लागि अमेरिकासँग खेल्नेछ।

नेपाल समूह 'ए'मा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकमा चौथो स्थानमा रहँदै सुपर सिक्सको यात्राबाट बाहिरिएको थियो। 

उता यूएई भने समूह 'बी'को चारै खेलमा हार भोग्दै बाहिरिएको थियो। 

नेपाली टोली पछिल्लो समय यूएईमाथि  हावी बन्दै आएको छ। पछिल्ला पाँच खेलमा नेपाल चार खेलमा विजयी हुँदा एक खेलमा हार व्यहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .