राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई सशस्त्र प्रहरी परिवार महिला संघले सम्मान गरेको छ।
संघले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा साम्बालाई ७५ हजार रुपैयाँले सम्मान गरेको हो।
सशस्त्र प्रहरी बलमा फुटबल खेलाडीको रुपमा आवद्व भई उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै अपेक्षित नतिजा हासिल गरेको भन्दै महिला संघले सम्मान गरेको हो।
राष्ट्रिय टोलीकी समेत महत्वपुर्ण खेलाडी साम्बा नेपालकी सर्वाधिक गोलकर्ता हुन्।
साम्बाले राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी छन्।
सन् २०१४ मा एपीएफमा आवद्व साम्बा त्यस यताकी नियमित सदस्य हुन्।
501
Shares
प्रतिक्रिया