खेल


एसीसी अन्डर सिक्सटिन इस्ट जोन कप- फाइनल प्रवेशका लागि आज सिंगापुरसँग भिड्दै नेपाल

एसीसी अन्डर सिक्सटिन इस्ट जोन कप- फाइनल प्रवेशका लागि आज सिंगापुरसँग भिड्दै नेपाल

नेपालखबर
असार १८, २०८० सोमबार ६:४१, काठमाडौँ

मलेसियामा जारी एसीसी अन्डर सिक्सटिन (U-16) इस्ट जोन कपको पहिलो सेमिफाइनलमा नेपाल आज (सोमबार) सिंगापुरसँग भिड्दै छ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपाल-सिंगापुर प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

नेपाल समूह एको विजेता र सिंगापुर समूहबी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।

नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनको फराकिलो अन्तरले  हराएको थियो।

सिंगापुरले भने इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो। 

सिंगापुर हङकङसँग भने ७ विकेटले हारेको थियो।

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसिया भिड्नेछन्। 

फाइनल खेल मंगलबार हुनेछ।

नेपाल आजको खेलमा हारे तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .