एसीसी इस्ट जोन कपको सेमिफाइनलमा नेपालले सिंगापुरसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रनको योगफल तयार पारेको थियो।
ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए।
पहिलो विकेटका लागि यादव र कोइरालाले ११.३ ओभरमा ६३ रनको साझेदारी गरे।
कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए।
मध्यक्रमका ब्याटर सन्तोष यादवले १८, प्रतीक भट्टराईले १२ रन थपे।
दीपुकुमार १२, कृतिक कामत ५ र प्रतीक पोखरेल ३ रनमा पवेलियन फर्के।
सिंगापुरका हरिहरन एक्लैले ३ विकेट लिए। हर्ष वेंकटराम र कबिरले समान २ विकेट लिए।
45
Shares
प्रतिक्रिया