ad ad

खेल


नरेनको शतकमा मलेसियालाई नेपालले दियो २५३ रनको लक्ष्य

नरेनको शतकमा मलेसियालाई नेपालले दियो २५३ रनको लक्ष्य

नेपालखबर
असार १९, २०८० मंगलबार १०:१३, काठमाडौँ

नरेन भट्टको शतकमा नेपालले मलेसियाविरुद्ध २५३ रनको विशाल लक्ष्य दिएको छ।

मलेसियास्थित बायोमास ओभल मैदानमा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा नेपालले २५२ रन बनायो।

नेपालको तर्फबाट नरेनले ८२ बलमा शतकीय पारी खेले। उनले जम्मा ८९ बलमा १० चौका र २ छक्कासहित अविजित ११२ रन जोडे। यससँगै जारी प्रतियोगितामा शतक खेल्ने उनी पहिलो खेलाडी बनेका छन्।

ओपनर निरज यादवले ६ चौकासहित ४९ बलमा ४७ रन र सुर्यांशुले २३ बलमा २ चौकासहितत १८ रन जोडे।

पाँचौँ विकेटमा नरेनले सन्तोष यादवसँग शतकीय साझेदारी गरेका थिए। खेलमा यादवले २९ रन, अशोक धामीले ११, दीपु कुमारले ५ र प्रतीक भट्टराईले १ रन बनाए।

नेपालले समूह चरणमा मलेसियालाई ८४ रनले पराजित गरेको थियो।

कप्तान अभिषेक तिवारी ४ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .