ad ad

खेल


साफ उपाधिका लागि भारत र कुवेत भिड्दै

साफ उपाधिका लागि भारत र कुवेत भिड्दै

नेपालखबर
असार १९, २०८० मंगलबार १२:३६, काठमाडौँ

साफ च्याम्पियनसिपको उपाधिका लागि मंगलबार घरेलु टोली भारत र कुवेत भिड्दैछन्। 

बैंग्लोरको श्री कान्तिरभा स्टेडियममा हुने फाइनल सवा ७ बजे सुरु हुनेछ। 

पाहुना टोली कुवेत पहिलो सहभागितामा नै साफको फाइनलमा पुगेको हो। 

कुवेत पहिलो सेमिफाइनलमा बंगलादेशलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेल अतिरिक्त समयमा धकेकलिएको थियो। अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै कुवेतले बंगलादेशलाई पराजित गरेको थियो।  

यता घरेलु टोली भारतले भने दोस्रो सेमिफाइनलमा लेवनानलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै कुवेतसँगको भेट पक्का गरेको हो। निर्धारित र थप गरिएको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

समूह चरणमा एकै समुहमा रहेका भारत र कुवेतले एक–एक गोलको बराबरी गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .