भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीले फेयर प्ले अवार्ड जितेको छ। नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
भारत र कुवेतबीचको फाइनल खेल सञ्चालन गरेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड थापेका थिए।
अघिल्लो संस्करणको उपविजेता टोली नेपाल समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा भारतसँग २–० ले पराजित भएको थियो।
समूह चरणको अन्तिम खेलमा भने नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको थियो।
साफको फाइनलमा कुवेतलाई ५–४ ले हराउँदै भारतले नवौँ पटक च्याम्पियन बनेको थियो। बैंग्लोरको श्री कान्तिरभा स्टेडियममा भएको फाइनलको निर्धारित र थप समय १–१ को बराबरी भएपछि खेल टाइब्रेकरका धकेलिएको थियो। टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो।
साफमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए। साफमा ५ गोल गरेका सुनिल च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता समेत हुन्। साफमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले गोल्डेन ग्लोभ पाए।
यो पटकको साफमा दक्षिण एशियाबाहिरका कुवेत र लेवनानले सहभागिता जनाएका थिए।
Shares
प्रतिक्रिया