ad ad

खेल


पीएसजीको मुख्य प्रशिक्षममा लुईस ऐनरिके

पीएसजीको मुख्य प्रशिक्षममा लुईस ऐनरिके

नेपालखबर
असार २०, २०८० बुधबार १६:४५, काठमाडौँ

फ्रान्सेली लिग वन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षममा लुईस ऐनरिके नियुक्त गर्ने भएको छ।

एनरिकेले पीएसजी सम्हाल्ने भएपछि क्रिस्टोफ गाल्टियर बाहिरिने पक्का भएको छ।

गाल्टिएरले पार्क डेस प्रिन्सेसको डगआउटमा एक सिजन मात्र बिताए। गाल्टियर र पीएसजीको सम्झौता अझै एक वर्ष बाँकी थियो।

५६ वर्षीय गाल्टियरले गत सिजन लिग वन उपाधि दिलाउन सफल भए। तर च्याम्पियन्स लिगको प्रदर्शनबाट भने आलोचना खेप्नु परेको थियो।

२०२२–०२३ को सिजनको अन्त्यमा पीएसजी र गाल्टियरले सम्झौता समाप्त गर्ने निर्णय गरेका थिए।

यो सँगै पीएसजीले अब बार्सिलोना तथा स्पेनका पूर्वप्रशिक्षक एनरिकेलाई नियुक्त गरेको हो।

५३ वर्षीय एनरिकेले स्पेन विश्वकपबाट बाहिरिएपछि टोलीबाट राजीनामा दिएका थिए।

एनरिकेले यसअघि सन् २०१४ देखि २०१७ को बीचमा बार्सिलोनामा व्यवस्थापकको रुपमा काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .