ad ad

खेल


नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

नेपालखबर
असार २५, २०८० सोमबार २०:३३, काठमाडौँ

दुई मैत्रीपुर्ण खेलका लागि बंगलादेश जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो। 

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल आफुहरुका लागि साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने अवसर रहेको टोलीका प्रशिक्षक अनन्तराज थापाले बताए। 

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। 

प्रशिक्षक थापाले भने, ‘हाम्रो टोलीमा अहिले सावित्रा भण्डारी अहिले उत्कृष्ट लयमा छिन्। हाम्रो टोलीको मेरुदण्ड भनेको साम्बा हो उनको अनुपस्थितीमा टोलीमा धेरै फरक पर्छ। साफको समयमा साम्बा अस्वस्थ्य रहेका कारण उनले खेल्न सकिनन्, यो पटक उनी उच्च लयमा छिन्। हामीले त्यसको सदुपयोग गर्नुपर्छ।’

टोलीलाई बिदाई गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जितको शुभकामना दिए। उनले थपे, ‘घरेलु मैदानमा भोगेको हारको बदला लिएर आउनु उत्कृष्ट प्रर्दशन गर्नु।’

नेपाली टोली भोलि मंगलबार बंगलादेश प्रस्थान गर्नेछ। 

नेपाल बंगलादेशबीचको पहिलो मैत्रीपुर्ण खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते हुनेछ। 

महिला फुटबल टोली
गोलकिपर – एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली  वाइवा
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .