बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
खेलको २४ मिनेटमा सावित्रा भण्डारीको हेडर बंगलादेशकी गोलरक्षकले बचाउँदा नेपालले अग्रता बनाउने मौका गुमायो।
साफ च्याम्पियनसिपपछि नेपाल र बंगालदेश पहिलो पटक आमनेसामने भएका हुन्। नेपाल साफमा भोगेको हारको बदला लिने दाउमा छ। यता बगंलादेश भने घरेलु मैदानमा नेपाललाई हराउन चाहान्छ।
51
Shares
प्रतिक्रिया