ad ad

खेल


पाकिस्तानविरुद्ध सोमपालले बनाए अर्धशतक

पाकिस्तानविरुद्ध सोमपालले बनाए अर्धशतक

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८० शुक्रबार १२:४७, काठमाडौँ

नेपाली बलर सोमपाल कामीले पाकिस्तान 'ए'विरुद्धको खेलमा अर्धशतक बनाएका छन्। 

एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको अवस्थामा सोमपालले नेपालको स्कोर उकासेका हुन्।

नेपाली ओपनरसहितका ब्याटरहरु फ्लप भएको खेलमा अन्तिम क्रममा आएर सोमपालले नेपालको इनिङ उकासेका हुन्।

ताजा अवस्थामा सोमपालले ७७ बल खेल्दै ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। 

नेपालले ताजा अवस्थामा ३५ ओभर खेल्दै ९ विकेटको क्षतिमा १७३ रन बनाइसकेको छ।

सोमपाललाई अहिले ललित राजवंशीले साथ दिइरहेका छन्। अहिले सोमपालले ९५ बलमा ६९ रन बनाएका छन्। 

ललितले ९ बल खेलेर १ रन जोडेका छन्। 

पाकिस्तान 'ए'विरुद्ध पहिले ब्याटिङ थालेको नेपालका लागि यसअघि प्रतिश जिसीले २४ बलमा २६ रन बनाउँदै आउट भए। 

समूह चरणमै बलियो टोलीको सामना गरेको नेपालले केबल १६ ओभर खेलेर ७२ रन जोड्दैमा ८ विकेट गुमाएको थियो।

त्यसपछि प्रतिश र ललितले नेपालको स्कोर उकासेका थिए। उनीहरुले ५८ रनको साझेदारी गरे। प्रतिश आउट भएपछि अहिले ललित र सोमपालले नेपालको पारी सम्हालिरेका छन्। 

पाकिस्तान 'ए' विरुद्धको खेलमा नेपाली दुवै ओपनर चल्न सकेनन्। नेपाली ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रनमा आउट भए।

त्यसपछि अर्का ओपनर आशिफ शेख पनि १२ बलमा १२ रन मात्रै जोडेको अवस्थामा पबेलियन फर्किए। उनले त्यसक्रममा ३ चौका हाने। 

त्यस्तै तेस्रो क्रममा आएका अर्जुन साउद पनि २० बलमा १७ रन बनाएर आउछ भए। उनले २ चौका र १ छक्का हाने।

कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक रह्यो। उनले ४ बलमा केबल ४ रन मात्रै जोड्न सके।

भीम सार्कीले ४ बल सामना गरे पनि खाता नै नखोली आउट भए। उता कुशल मल्लले १८ बल खेलेर १७ रन जोड्दै बिदा भए। 

त्यसैगरी पवन सर्राफ पनि ४ बलमा १ रन खेलेर आउट भए। नेपालका गुलशन झा पनि १९ बलमा १३ रन बनाएर बाहिरिए। 

अहिले क्रिजमा सोमपाल कामी र प्रतिस जिसी छन्। सोमपालले ८ बलमा १ रन बनाउँदा प्रतिशले २ बल खेलेर खाता खोलिसकेका छैनन्। 

कसिलो बलिङ गरेको पाकिस्तानका लागि मोहम्मद वासिमले ६ ओभरमाा ३३ रन दिँदै ४ विकेट लिए। अर्का बलर शाहनवाज धाहानीले ६.१ ओभर बलिङ गर्दै १४ रन दिएर ४ विकेट लिएका छन्। 

यो प्रतियोगितामा नेपाल समूह बी मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। दोस्रो दिन  आज नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गरेको हो। 

पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ। भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ। 

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुने छन्। यदि चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। 

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .