बंगालदेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपाल बंगालदेश दुवैले गोलरहित बराबरी खेलेका छन्।
खेलको पहिलो हाफमा दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेको छैन।
खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन्।
खेलको ४३औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाइन्। खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाईन्।
नेपाल र बंगालदेशले पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरी गरेका थिए।
Shares
प्रतिक्रिया