ad ad

खेल


महिला विश्वकप आजदेखि, ३२ टोली खेल्दै

महिला विश्वकप आजदेखि, ३२ टोली खेल्दै

नेपालखबर
साउन ४, २०८० बिहिबार १२:१६, काठमाडौँ

फिफा महिला विश्वकप फुटबलको नवौँ संस्करण आज बिहीबारदेखि सुरु हुँदैछ। अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रूपमा हुन लागेको महिला विश्वकप २०२३ को पहिलो दिन दुई खेल हुनेछ। 

महिला विश्वकप २०२३ को उद्घाटन खेलमा दुई आयोजक देशले घरेलु मैदानमा स्पर्धा गर्नेछन्। 

उद्घाटन खेलमा समूह ए मा रहेको आयोजक न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ। खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली जितका साथ महिला विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छन्। 

समूह 'बी'को अर्को खेलमा आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्नेछन्। राति ८ बजे सुरु हुने यो खेल एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ। 

विश्वकपको उद्घाटन समारोह न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ। यो न्युजिल्याण्डको सबैभन्दा ठूलो स्टेडियम हो। इडेन पार्कको क्षमता ५० हजारको छ। इडेन पार्कमा एक सेमिफाइनलसहित विश्वकपका ९ खेल हुनेछ। 

उद्घाटन समारोहमा दुई स्थानिय कलाकारले प्रस्तुति दिनेछन्। उद्घाटनमा न्युजिल्यान्डकी बेनी र अष्ट्रेलियाका गायक मल्लरतले महिला विश्वकपको लागि आधिकारिक गीत ‘डु इट अगेन’ प्रस्तुत गर्नेछन्। 

गीतको उद्देश्य महिलाको खेलकुदलाई ठूलो प्लेटफर्ममा ल्याउनमा मात्र नभई सबैमा ध्यान दिइने र समर्थन गर्नमा पनि संलग्न उत्साहजनक रुपमा दृढ संकल्प गर्ने रहेको छ।

बेनीले भनेकी छिन्, 'महिला खेलकुदको यो अविश्वसनीय उत्सवको सानो अंश हुनु मेरो लागि सपना हो।'

न्युजिल्यान्ड र अष्ट्रेलियाका ९ स्थानमा हुने विश्वकपमा ३२ टोली सहभागी छन्। यी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछन्। विश्वकपमा ६४ खेल हुनेछन्।

विश्वकपको फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .