महिला विश्वकप २०२३ मा आयोजक अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ।
स्टेडियम अष्ट्रेलियामा भएको खेलमा घरेलु टोलीले रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो।
खेलको ५२ औं मिनेटमा स्टेफ क्याटलीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी हुन्।
जितसँगै अष्टे«लिया समुह बी को शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपको उद्घाटन खेलमा दुवै आयोजकले विजयी सुरुवात गरेका हुन्।
आजै इडेन पार्कमा भएको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।
खेलको ४८औं मिनेटमा ह्याण्डको पासमा विल्किन्सले गोल गर्दै घरेलु टोलीलाई पहिलो जित दिलाएकी हुन्।
30
Shares
प्रतिक्रिया