ad ad

खेल


कप्तानी खोसिएका हरिहजुर एशियाली खेलकुदको प्रशिक्षणमा नजाने

कप्तानी खोसिएका हरिहजुर एशियाली खेलकुदको प्रशिक्षणमा नजाने

नेपालखबर
साउन ५, २०८० शुक्रबार १२:४८, काठमाडौँ

राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हरि हजुर थापा चिनको होन्झाउमा हुने १९ औँ एशियाली खेलकुदको प्रशिक्षणमा सहभागी नहुने भएका छन्। 

आगामी असोजमा हुने एशियाडकाा लागि बन्द प्रशिक्षणमा बोलाइएपनि हरि हजुरले स्वास्थ्यको कारण देखाउँदै प्रशिक्षणमा सहभागी नहुने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको लागि अन्तिम छनोटमा पर्नु भएको सम्पूर्ण पुरुष खेलाडीलाई हार्दिक बधाई साथै जितको अग्रिम शुभकामना छ। जसमा म स्वयम् छनोट भए पनि स्वास्थले गर्दा तालिममा सरिक हुन नसकेको जानकारी गराउँदछु।’

हरिहजुरलाई नेपाल भलिबल संघले राष्ट्रिय टोलीको कप्तानबाट हटाएको थियो।

सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान दर्शकमाथि आक्रोशित भएपछि संघले कारवाही स्वरुप उनलाई कप्तानबाट हटाएको थियो। 

संघले गत महिना मात्र हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो। 

संघले सो घटनामा दर्शकलाई हातपात गरेका आर्मीका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको छ।

यस्तै दर्शकप्रति आक्रोशित व्यवहार देखाएका आर्मीका राजेन्द्र विष्ट र धनपति कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ। दुर्गाबहादुर खड्कालाई भने सचेत गराउने  निर्णय संघले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .