नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपको तयारी श्रीलंकामा गर्ने भएको छ।
एसीसी इमर्जिङ कप खेल्न श्रीलंका गएको नेपाली टोलीले थप १५ दिन श्रीलंकामै अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।
टोलीले एसिया कपका लागि श्रीलंकामै १५ दिनको विषेश प्रशिक्षण गर्ने क्यानले जनाएको हो। भारतसँग ९ र पाकिस्तानसँग ४ विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
अहिले नेपालमा अभ्यासका लागि समय नभएका कारण उतै अभ्यास गरिने क्यानले बताएको छ।
नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ। श्रीलंकाको क्रिकेट बोर्डले नेपालका लागि अभ्यासका लागि व्यवस्था मिलाएको हो।
एसिया कपका खेल नेपालले श्रीलंका र पाकिस्तानमा खेल्दै छ। इमर्जिङ कपका लागि टोली बाहिर रहेका खेलाडीहरु अभ्यासका लागि श्रीलंका जानेछन्।
नेपालले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल आगामी भदौ १३ गने मुलतानमा हुनेछ।
पाकिस्तानसँगको खेलपछि नेपाल भारतसँग खेल्न श्रीलंका जानेछ। नेपाल र भारतबीचको खेल श्रीलंकाको काड्नीमा भदौ १८ गते हुनेछ।
नेपाल रहेको समूह ए मा भारत र पाकिस्तान छन्। समुह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
समुहका शीर्ष २ टोलीले सुपर फोरमा स्थान बनाउनेछन्। सुपर फोरमा सेप्टेम्बर ६ देखि १५ सम्म हुनेछ।
Shares
प्रतिक्रिया