ad ad

खेल


डेब्यु खेलमै इन्टरमियामीका लागि मेस्सीको उत्कृष्ट गोल

डेब्यु खेलमै इन्टरमियामीका लागि मेस्सीको उत्कृष्ट गोल

नेपालखबर
साउन ६, २०८० शनिबार ८:५८, काठमाडौँ

अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीले डेब्यु खेलमै उत्कृष्ट फ्रिकिक गोल गरेर इन्टर मियामीलाई जिताएका छन्।

लिग कप २०२३ अन्तर्गत शनिबार भएको खेलमा उनले खेलको इन्जुरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै मियामीको सुखद सुरुवात गराएका हुन्।

खेलको दोस्रो हाफको छैटौं मिनेटमा बेन्जामिनको स्थानमा मैदान छिरेका उनी क्रुज अजुलविरुद्धको खेल १/१ को बराबरीमा सकिन लाग्दा नतिजा मियामीको पक्षमा पार्न सफल भएका हुन्।

उक्त खेलको पहिलो हाफको रोबर्ट टेलरको गोलमा मियामीले अग्रता बनाएको थियो। तर खेलको दोस्रो हाफमा क्रुज अजुलका लागि युरियलले गोल फर्काएर खेललाई बराबरीमा ल्याए।

त्यसपछि खेल बराबरीमा सकिन लाग्दा मेस्सीले अजुलको डी एरियाबाहिर पाएको फ्रिकिकलाई खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गोलमा परिणत गरे।

मियामीका तर्फबाट स्पेनिस क्लब बार्सिोलाका पूर्वसहयात्री सर्जियो बुस्केकले पनि डेब्यु गरेका छन्। यस जितसँगै लिग कपमा मियामीले तीन अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .