ad ad

खेल


एसिया कप : मुख्य खेलाडीलाई श्रीलंका र अन्यलाई भारतमा प्रशिक्षण गराउने क्यानको तयारी

एसिया कप : मुख्य खेलाडीलाई श्रीलंका र अन्यलाई भारतमा प्रशिक्षण गराउने क्यानको तयारी

नेपालखबर
साउन ७, २०८० आइतबार १४:४९, काठमाडौँ

एसिया कपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई श्रीलंका र भारतमा प्रशिक्षण गराउने भएको छ।

एसीसी इमर्जिङ कप खेल्न गएको टोली बाहिर रहेका मुख्य खेलाडीलाई प्रशिक्षणका लागि श्रीलंका पठाउने र अन्य खेलाडीलाई भारत पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। 

नेपालमा अहिले वर्षाका कारण अभ्यास गर्न सम्भव नभएकाले खेलाडीलाई अभ्यासका लागि बाहिर पठाउने तयारी भइरहेको पाठकले बताए। 

क्यानले ज्ञानेन्द्र मल्ल, करण केसी, आरिफ शेख र आरिफ शेखलाई श्रीलंका पठाउने तयारी गरेको छ। बाँकी खेलाडीले भारतमा अभ्यास गर्नेछन्। यद्यपी कुन खेलाडीलाई भारत र कसलाई श्रीलंका पठाउने भन्ने बारेमा छलफल भैरहेको पाठकले जानकारी दिए। 

एसीसी इमर्जिङ कप खेल्न श्रीलंका गएको नेपाली टोलीले थप १५ दिन श्रीलंकामै अभ्यास गर्नेछ। टोलीले एसिया कपका लागि श्रीलंकामै १५ दिनको विषेश प्रशिक्षण गर्ने क्यानले जनाएको हो। 

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ। 

१५ दिनको प्रशिक्षणपछि नेपाली टोली नेपाल आएर पाकिस्तान जानेछ। पाकिस्तानको मौसमसँग घुलमिल हुनका लागि क्रिकेट टोली ५ दिन अगावै पाकिस्तान जाने तयारीमा छ। पाकिस्तानमा सम्भव भए नेपालले केही अभ्यास खेल्ने समेत खेल्नेछ। 

टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरि र लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टि २० खेल्न यतिबेला क्यानडामा छन्। 

एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ। नेपाल र पाकिस्तानबीचको खेल आगामी भदौ १३ गने मुलतानमा हुनेछ।

पाकिस्तानसँगको खेलपछि नेपाल भारतसँग खेल्न श्रीलंका जानेछ। नेपाल र भारतबीचको खेल श्रीलंकाको काड्नीमा भदौ १८ गते हुनेछ।

नेपाल रहेको समूह ए मा भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .