श्रीलंकाको कोलम्बोमा भइरहेको इमर्जिङ एसिया कप क्रिकेटको फाइनल भिडन्तमा अहिले चिरप्रतिद्वन्द्वी भारत ए र पाकिस्तान ए भिड्दैछन्।
फाइनल भिडन्त कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहँदा पाकिस्तानले भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ।
भारत ए ले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेपछि पाकिस्तानले ब्याटिङ गर्दै स्कोर ३२० रनमाथि पुर्याइसकेको छ।
पाकिस्तानले ४६ ओभर खेलिसक्दा ७ विकेटको क्षतिमा ३२५ रन बनाइसकेको छ। अहिले पाकिस्तानबाट मेहराज मुम्ताज र मोहम्म वासिम क्रिजमा छन्।
यसअघि पाकिस्तानका लागि तैय्यब ताहिरले ७१ बलमा विस्फोटक १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने।
मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो। तर पाकिस्तानले स्कोर बढाएर साढे ३ सय नजिक पुर्याउन लागेको हो।
पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए।
रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए।
Shares
प्रतिक्रिया