ad ad

खेल


फिफा महिला विश्वकप : फ्रान्स र जमैकाबीच्को खेल गोलरहित बराबरी

फिफा महिला विश्वकप : फ्रान्स र जमैकाबीच्को खेल गोलरहित बराबरी

नेपालखबर
साउन ७, २०८० आइतबार १८:५२, काठमाडौँ

फिफा महिला विश्वकपमा फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको छ। सिड्नी फुटबल स्टेडियम अष्ट्रेलियामा आइतबार भएको खेलमा जमैकाले फ्रान्सलाई गोलरहित बराबरीमा रोकिएको हो। 

खेलको इन्ज्युरी समयमा जमैका १० खेलाडीमा सिमित हुन पुग्यो। इन्ज्युरी समयको दोस्रो मिनेटमा खादिजा सा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडिन्। 

बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन्। बराबरीसँगै फ्रान्स समूह एफको शीर्ष स्थानमा छ। जमैका दोस्रो स्थानमा छ। 

आजै भएको अर्को खेलमा नेदरल्याण्डस्ले पोर्चुगललाई १–० ले हराएको छ।

न्युजिल्यान्डस्थित डुनेडिन स्टेडियममा आइतबार भएको खेलमा पोर्चुगल नेदरल्यान्ड्ससँग १–० ले पराजित भएको हो।

नेदरल्यान्डस्को जितमा स्टेफानी भान डर ग्रागटले गरेको गोल नै निर्णायक भयो। खेलको १३औं मिनेटमा स्टेफानीले सेरिदाको पासमा गोल गरेकी थिइन्।

जितसँगै समूह ई मा रहेको नेदरल्यान्डले ३ अंक बनाएको छ। समान ३ अंक भएको अमेरिका शीर्ष स्थानमा छ। समान अन्त भएपनि अमेरिका गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो। 

आजै भएको समूह जी को खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई २–१ ले हराएको हो। खेलमा १–० ले पछि परेको स्वीडेनले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। 

वेलिङटन रिजनल स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा स्वीडेनको जितमा फ्रिडोलिना रोल्फो र एमाडाले गोल गरे। दक्षिण अफ्रिकाका लागि हिल्दाह मागएइयाको गोल गर्दै सुरुवाती अग्रता बनाएपनि टोलीलाई जित दिलाउन सकिनन्। 

जितसँगै ३ अंक बनाएको स्वीडेन अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित दक्षिण अफ्रिका अंकविहीन हुँदै पुछारमा छ।

विश्वकपमा सोमबार तीन खेलमा स्पर्धा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .