ad ad

खेल


नासिरले बनाए अर्को राष्ट्रिय कीर्तिमान

नासिरले बनाए अर्को राष्ट्रिय कीर्तिमान

नेपालखबर
साउन ८, २०८० सोमबार १३:५३, काठमाडौँ

पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। 

नासिरले २ सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए।

नासिरले २ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ५७ः२६ मा दूरी पार गर्दै आफ्नै कीर्तिमान तोडेका हुन्। नासिरले यसअघि २०२३ मा काठमाडौंमा असारमा सम्पन्न ११ औँ एनएसए कप पौडी प्रतियोगितामा ०१ः५८ः२३ मा कीर्तिमान कायम गरेका थिए। 

यसअघि आइतबार नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८ः२३ सेकेन्ड कायम गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .