फिफा महिला विश्वकपमा इटालीले विजयी सुरुवात गरेको छ।
सोमबार न्युजिल्याण्डको इडेन पार्कमा भएको खेलमा इटालीले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गरेको हो।
इटालीको जितमा क्रिस्टियाना गिरेलीको गोल नै निर्णायक बन्यो। खेलको ८३ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी क्रिस्टियानाले मैदान छिरेको ३ मिनेट ४० सेकेण्डमा नै गोल गरिन्।
जिउलिया ड्रयागोनीको स्थान लिँदै मैदान छिरेकी क्रिस्टियानाले खेलको ८७ औं मिनेटमा बोटिनको पासमा गोल गर्दै टोलीलाई स्पष्ट ३ अंक दिलाईन्।
३३ वर्षीय क्रिस्टियानाको यो ५४ औं अन्तर्राष्ट्रिय गोल हो।
पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा अंक गुमाउन बाध्य भयो।
जितसँगै समूह जी मा रहेको इटाली अंक तालिकाको दोस्रो स्थानमा छ। स्वीडेन शीर्ष स्थानमा छ। अंकविहीन रहेका दक्षिण अफ्रिका तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन्।
आजै हुने समूह एच को खेलमा मोरक्कोले जर्मनी र समूह एफ को खेलमा पानामाले ब्राजिलको सामना गर्नेछ।
Shares
प्रतिक्रिया