फिफा महिला विश्वकपमा स्वीटजरल्याण्ड र नर्वेले बराबरी गर्दै अंक बाँडेका छन्।
न्युजिल्यान्डको वाइकाटो स्टेडियममा मंगलबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेल अवधिभर स्वीटजरल्यान्डलाई केही दबाबमा राखेको नर्वेले पाएको अवसरको सदुपयोग गर्न सकेन।
एक खेलमा जित र एक खेलमा बराबरी गरेको स्वीटजरल्यान्ड ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
एक खेलमा जित निकालेको घरेलु टोली नर्वे ३ अंकमा दोस्रो स्थानमा छ। घरेलु टोली आजको खेलमा फिलिपिन्ससँग १-० ले पराजित भएको थियो। नर्वेसँगको हारले आयोजक न्युजिल्याण्ड एक खेल अगावै अघिल्लो चरण पुग्ने मौका गुमाएको छ।
एक खेलमा जित निकालेको फिलिपिन्स ३ अंकमा तेस्रो स्थानमा छ। पहिलो खेलमा हार भोगेको नर्वेले दोस्रो खेलमा बराबरी गर्दै अंक तालिकामा एक अंक बनाउँदै पुछारमा छ।
Shares
प्रतिक्रिया