आगामी असोजमा चीनको हाङ्झाउमा हुने १९ औँ एशियन गेम्स्मा पुरुष भलिबल टोली समूह ‘बी’ मा रहेको छ।
बिहीबार भएको समूह विभाजनमा नेपाल एसियाली पावरहाउस इरानसँगै बहराइन रहेको समूह ‘बी’ मा परेको छ।
इरान विश्व वरियताको दशौं तथा एशियाली वरियताको दोस्रो स्थानमा रहेको छ। बहराइन भने विश्व वरियतामा ७७ औं स्थानमा छ।
नेपाली पुरुष टोली दुई महिलादेखि एशियन गेम्सको तयारीमा जुटेको छ।
एशियन गेम्स खेल्ने पुरुष भलिबल टोली
मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर
48
Shares
प्रतिक्रिया