ad ad

खेल


महिला विश्वकप : आयोजक न्युजिल्यान्ड र फिलिपिन्स समूह चरणबाटै बाहिरिए

महिला विश्वकप : आयोजक न्युजिल्यान्ड र फिलिपिन्स समूह चरणबाटै बाहिरिए

नेपालखबर
साउन १४, २०८० आइतबार १५:३३, काठमाडौँ

आयोजक न्युजिल्यान्ड र फिलिपिन्स फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएका छन्। 

समूह ए बाट स्विटजरल्याण्ड शीर्ष र नर्वे दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा आयोजक न्युजिल्यान्ड र फिलिपिन्स भने समूह चरणबाटै बाहिरिएका हुन्।

आइतबार भएको समूह ए को खेलमा स्विटजरल्याण्डसँग गोलरहित बराबरी खेलेपछि आयोजक न्युजिल्यान्ड गोलअन्तरमा पछि पर्दै समुह चरणबाटै बाहिरिएको हो।

न्युजिल्यान्डसँग अंक बाँडेपछि ५ अंकमा शीर्ष स्थानमा रहेको स्विटजरल्याण्ड अन्तिम १६ मा पुगेको छ। दुनेदिन स्टेडियममा भएको खेलमा स्विटजरल्याण्ड र न्युजिल्याण्डले गोलरहित बराबरी खेले।

आजै भएको इडेन पार्कमा भएको खेलमा फिलिपिन्सलाई ६-० गोल अन्तरले हराएपछि नर्वे गोल अन्तरमा अघि रहँदै अन्तिम १६ मा पुगेको हो। नर्वेले महिला विश्वकपमा पहिलो जित निकालेको हो। 

सोफि रोमन हगको ह्याट्रिकमा नर्वेले सानदार जित निकालेको हो। सोफिले खेलको ६, १७ र अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गरिन्।

खेलको ३१औं मिनेटमा क्यारोलिन ग्राहम ह्यान्सनले गोल थपिन्। 

खेलको ४८औं मिनेटमा इलिसिया बाकेरले एक गोल उपहार दिइन्। खेलको ५३औं मिनेटमा गुरु रिटेनले एक् गोल थपिन्। रिटेनले पेनाल्टीमा गोल गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .