ad ad

खेल


एसियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने

एसियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने

नेपालखबर
साउन १७, २०८० बुधबार १६:३०, काठमाडौँ

एसिया रग्वी यु-२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता आगामी भदौ पहिलो साता हुने भएको छ।

नेपाल रग्वी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी भदौ २ र ३ गते हुने जानकारी दिएको हो।  

प्रतियोगिता एसिया रग्वीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

एसियन यु-२० रग्वी सेभेन्स प्रतियोगितामा नेपाल, भारत, थाईल्यान्ड, मलेसिया, चाइनिज ताइपेई, हङकङ, उज्वेकिस्तान सहभागी हुनेछन्।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ३ देश सहभागी हुनेछन्।

महिलातर्फ आयोजक नेपालसहित थाइल्याण्ड र मलेसियाले स्पर्धा गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्न ७२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको नेपाल रग्वी महासंघका महासचिव गोविन्द घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .