नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा सर्रे जागुअर्स ग्लोबल टी–२० क्यानडाको क्वालिफायर्समा पुगेको छ।
गएराति भएको खेलमा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले पराजित गर्दै सन्दीप आवद्ध टोली सर्रे क्वालिफायर्समा पुगेको हो।
प्यान्थर्सले दिएको ५७ रनको झिनो लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
त्यसअघि पहिला ब्याटिङ गरेको प्यान्थर्सले १४.३ ओभरमा ५६ रनमा समेटियो।
सर्रेको जितमा घातक बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा मात्र ६ रन दिएर ३ विकेट लिए।
सन्दीपले ७.५ ओभरमा आजम खानलाई २ रनमा क्याच आउट गराए। छैटौँ बलमा टम कुपरलाई शून्य रनमा एलबीडब्लु आउट गराए।
१३.४ ओभरमा जाहुर खानलाई पनि एलबीडब्लु धरापमा पारे।
२३ औँ जन्मदिन मनाइरहेका लामिछानेले उक्त खेलमा प्लेयर अफ द म्याच अवार्ड जिते। ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका उनी प्लेयर अफ द म्याच भएका हुन्।
सन्दीपले प्लेयर अफ द म्याच अवार्ड जित्दा १ लाख ३२ हजार नेपाली पनि प्राप्त गरे।
Shares
प्रतिक्रिया