ad ad

खेल


धनलक्ष्मी स्क्वास प्रतियोगिता साउन २१ देखि

धनलक्ष्मी स्क्वास प्रतियोगिता साउन २१ देखि

नेपालखबर
साउन १८, २०८० बिहिबार १५:४५, काठमाडौँ

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पाँचौं संस्करण  आईतबारदेखि हुने भएको छ।

नेपाल स्क्वास याकेट्स संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २१ देखि २७ गतेसम्म हुने जानकारी दिएको हो।

प्रतियोगितामा ५ विधामा स्पर्धा हुनेछ।

यसमा खुला महिला पुरुष, ब्वाईज यु १९, मास्टर खुला पुरुष (५० वर्ष भन्दामाथि) र प्लेट च्याम्पियनसिपमा स्पर्धा हुनेछ।

प्रतियोगितालाई धनलक्ष्मी फाउन्डेसनले मुख्य प्रायोजन गर्नेछ। धनलक्ष्मी फाउन्डेसन संघका निवर्तमान अध्यक्ष किशोर महर्जनका आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा हुन लागेको हो।

प्रतियोगितामा देशभरबाट एक सय भन्दा बढी खेलाडी र १५ जना अफिसियलको सहभागिता रहने संघले जनाएको छ।

अहिलेसम्म प्रतियोगिताका लागि ६४ जनाले नाम दर्ता गराएका छन्।

प्रतियोगितामा पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले ५ हजार पाउनेछन्।

यू १९ को विजेताले ५ हजार, दोस्रो हुनेले ३ तथा तेस्रो हुनेले २ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता नेपाल स्क्वास र्‍याकेट संघ, ललितपुरमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .