ad ad

खेल


दीपेन्द्रसिंह सम्मिलित मोन्टरिएल टाइगर्स फाइनलमा पुग्यो

दीपेन्द्रसिंह सम्मिलित मोन्टरिएल टाइगर्स फाइनलमा पुग्यो

नेपालखबर
साउन २१, २०८० आइतबार १०:१९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स ग्लोबल टी-२० क्यानडाको फाइनलमा पुगेको छ।

गएराति भएको दोस्रो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई १ विकेटले हराउँदै दीपेन्द्रको टोली फाइलनमा पुगेको हो। 

१ सय ३८ रनको लक्ष्य मोन्टरिएलले १९.३ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो। 

शेर्फान शरदरफोर्ड ४८ रनमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी २५ रनमा बोल्ड आउट भए। आयन खान १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिमले १३ रन थपे। 

त्यसअघि मोन्टरियलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रनको योगफल तयार पारेको थियो। 

ओपनर मोहम्मद रिजवान ३९ रनमा आउट भए। कब्रिन बोसले ३६ र हर्ष ठाकेरले २६ रन थपे।

टाइगर्सले उपाधिका लागि आज राति पौने १० बजे नेपाली टोलीकै लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ। 

सन्दीपको टोलीले पहिलो क्वालिफायर खेलमा नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .