ad ad

खेल


सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

नेपालखबर
साउन २२, २०८० सोमबार ८:६, काठमाडौँ

म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै आर्सनलले एएफए कम्युनिटी सिल्ड जितेको छ। 

गएराति भएको खेलमा निर्धारित र अतिरिक्त समय एक/एक गोलको बराबरी भएपछि हारजितको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

टाइब्रेकरमा आर्सनलले सिटीलाई ४–१ गोलअन्तरले हराउँदै उापधिसहित सिजनको सुखद सुरुवात गरेको छ। 

खेलको ७७औं मिनेटमा कोल पाल्मरको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर इन्ज्युरी समयको ११औं मिनेटमा लिआन्द्रो ट्रोसर्डले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। 

टाइब्रेकरमा आर्सनलका कप्तान मार्टिन ओडेगार्ड, ट्रोसार्ड, बुकायो साका र फाबियो भिएराको प्रहार गोलमा परिणत भएको थियो। आर्सनलका केभिन डे ब्रुएनको प्रहार विफल भयो। 

सिटीका बर्नार्डो सिल्भाको प्रहारले मात्र जाली चुम्यो। 

जितपछि आर्सनलका गोलरक्षक आरोन राम्सडेलले भने, ‘यो जित महत्त्वपूर्ण हुँदा ठुलो खेलमा म्यानचेस्टर सिटीलाई हराउन सक्छौँ भन्ने जान्न यो एउटा संकेत हो। यो सिजन कस्तो हुन्छ भन्ने निश्चित छैन, तर अगाडि बढ्न मानसिक अवरोध हटेको छ। हामी अगाडि बढ्न तयार छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .