पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको पेनाल्टी सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ।
बुधबार राति भएको सेमिफाइल खेलमा इराकको अल शोर्तालाई १–० ले पराजित गर्दै अल नासार उपाधि नजिक पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई फाइनलको बाटो देखाएका थिए।
खेलको ७५ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टीको मौका पाएको थियो।
त्यो अवसरलाई रोनाल्डोले खेर जान दिएनन्, टोलीलाई फाइनलमा पुर्याए।
गएराति नै भएको अर्को सेमिफाइनलमा अल शबाबलाई ३–१ ले पराजित गर्दै अल हिलालले अल नासारसँगको भेट पक्का गरेको हो। उपाधि भिडन्त शनिबार किङ फहाड स्पोर्टस् सिटीमा हुनेछ।
102
Shares
प्रतिक्रिया