खेल


प्रशिक्षक मोन्टी देसाई भन्छन् : हाम्रो फिल्डिङबाट निराश भएँ, तर यो सपनाको सुरुवात हो

प्रशिक्षक मोन्टी देसाई भन्छन् : हाम्रो फिल्डिङबाट निराश भएँ, तर यो सपनाको सुरुवात हो

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८० बिहिबार १२:४९, काठमाडौँ

पाकिस्तानसँगको हारपछि नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफूहरुको रणानीति र प्रशिक्षण अनुसार सुरुवात राम्रो भए पनि फिल्डिङले केही निराश बनाएको बताएका छन्। 

पाकिस्तानविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टीले भने, ‘यो स्टेजमा आएर खेल्नु हाम्रा खेलाडीहरुको एउटा सपना थियो। त्यो सपनाको सुरुवात भएको छ। विश्वस्तरीय खेलाडीले राम्रो प्रर्दशन गरिरहँदा टोलीको फिल्डिङबाट केही निरास भएँ। तर यसबाट खेलाडीले धेरै सिकेका छन्।’

पाकिस्तानजस्तो नम्बर एक टोलीसँग खेल्दा खेलाडीले धेरै सिकेको प्रशिक्षक देसाईले सुनाए।

उनले थपे, ‘हाम्रा खेलाडीहरु यहाँ सिक्न आएको हुन्, हामी केही सिक्ने छौँ। खेलमा पिच राम्रो थियो। बाबर आजम विश्वको नम्बर १ ब्याटर हो। उसलाई हाम्रा खेलाडीले पहिलो पटक फेस गर्दै थिए। त्यस्तै विश्वस्तरीय बलरको पहिलो पटक सामना गरेका थिए।’

एसिया कपको छनोट खेल खेल्दा नेपाली टोली धेरै उत्साहित रहेको देसाईले बताएका छन्।

उनले भने, ‘वर्षाका कारण खेल दुई दिन भएको थियो। दुई दिन पानीमा पनि दर्शक बसिरहेका समर्थक मैले अन्त्य देखेको छैन। आफ्नो टोलीको खेल हेर्न नेपाली समर्थक यहाँ पनि आएका थिए, यहाँका समर्थक पनि राम्रा थिए, त्यो हाम्रो लागि सम्मानको कुरा हो।’

पाकिस्तानसँगको खेलमा भीम सार्कीलाई टोली बाहिर राख्नु आफूहरुको रणनीति रहेको देसाइले बताए।

‘विश्वकप छनोटमा आशिफ शेख र कुशल भुर्तेलले राम्रो प्रर्दशन गरेका थिए। रोहित पौडेल पनि राम्रो खेलाडी हो। भीम सार्की पनि राम्रो खेलाडी छन्। आजको खेलमा भीम टोली बाहिर थिए। यो हाम्रो रणनीति हो ’, उनले भने।  

नेपालले यसअघिका खेलको तुलनामा ब्याटिङमा धेरै परिवर्तन गरेको थियो। त्यो रणनीति अनुसार भने जस्तो नभएको देसाइले सुनाए।

पाकिस्तानविरुद्धको खेलमा सोमपाल कामी र आरिफ शेखको साझेदारी राम्रो थियो। 

‘पाकिस्तानसँगको खेलबाट धेरै सिकेका छौँ। सुधार गर्नुपर्ने ठाउँमा लाग्छौँ ’, उनले भने,  ‘पाकिस्तानबाट खेलाडीले धेरै सिकेका छन्, भारतसँगको खेलमा केही सुधारिएको प्रर्दशन गर्ने छौँ।’

उनले अबको लक्ष्य भनेको भारतसँगको खेलमा सुधार्ने रहेको  बताए। भारतविरुद्धको खेलमा केही सुधारिएको प्रर्दशन गर्ने आशा पनि उनले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .