ad ad

खेल


क्यान : अध्यक्षसहित ६ जना निर्विरोध, सचिव र अन्य सदस्यको निर्वाचनमा को विजयी?

क्यान : अध्यक्षसहित ६ जना निर्विरोध, सचिव र अन्य सदस्यको निर्वाचनमा को विजयी?

नेपालखबर
असोज ६, २०८० शनिबार १७:५९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदम खड्का निर्विरोध भए।

शनिबार भएको निर्वाचनमा महिला सदस्यमा सुदुरपश्चिमकी जयन्ती भट्ट, सदस्यमा कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदिप मजगैँया निर्विरोध निर्वाचित भएका थिए। 

१७ सदस्यका लागि भएको निर्वाचनमा ६ पदमा निर्विरोध चयन भएको थियो। सचिवसहित प्रदेश र खुल्लामा समान ५ सदस्य गरि ११ पदका लागि मतदान भएको थियो। 

सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले निकटतम प्रतिद्धन्दी प्रशान्त विक्रम मल्ललाई ११ मतले पछि पार्दै सचिव पदमा जित निकालेका हुन्।

कुल खसेको ८५ मतमा खड्काले ४८ र मल्लले ३७ भोट ल्याए। 

प्रदेशतर्फ कोशी प्रदेशका अर्जुन पौडेल ४७, बागमती प्रदेशका दिवाकार घले ९४६०, गण्डकी प्रदेशका सुदीप शर्मा ९५२०, सुदुरपश्चिमका विक्रम विष्ट ३९ मत ल्याएर विजयी भए। 

मधेस प्रदेशका माधव कर्माचार्य र मोहम्मद दाउद अन्सारीले समान ४२ मत ल्याएका छन्। गोलाप्रथाबाट कर्माचार्य विजयी भए। 

खुला सदस्यमा धिरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, विरेन्द्र बहादुर चन्द ३४ मत ल्याएर विजयी भएका छन्। करण महत्रा क्षेत्री र ऋषीराम गौतमले समान २६ मत ल्याएपछि गोलाप्रथाबाट क्षत्री निर्वाचित भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .