ad ad

खेल


विश्वकप छनोटमा यूएईविरुद्ध नेपाल ४–० ले पछि

विश्वकप छनोटमा यूएईविरुद्ध नेपाल ४–० ले पछि

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार २२:२८, काठमाडौँ

फिफा विश्वकप छनोटमा युएईविरुद्ध नेपाल फराकिलो अन्तरमा पछि परेको छ। पहिलो आफमा नेपाल ४–० ले पछि परेको हो। खेलको ११ औं मिनेटमा गोल खान पुगेको नेपाल त्यसपछि थप दबाबमा पर्यो।

यूएईले लगातार आक्रमण गरेपछि नेपालले भने एक पटक पनि उसको पोस्टमा आक्रमण गर्न सकेको छैन।

११ औं मिनेटमा खालिफा अल हमादीले युएईलाई अग्रता दिलाएका थिए। कप्तान अलि मावखाउतले दुई गोल गरे। ३६ औं मिनेटमा पेनाल्टिमार्फत गोल गरेका उनले ४४ औं मिनेटमा अर्को गोल थपे। 

त्यसको दुई मिनेटपछि फावियो लिमाले अर्को गोल गर्दा युएईले ४–० को अग्रता बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .