खेल


ब्राजिलका फुटबल खेलाडी मारियो जागालोको निधन

ब्राजिलका फुटबल खेलाडी मारियो जागालोको निधन

सन् २०१४ मा जर्मनी र अर्जेन्टिनाबीचको फिफा विश्वकपको फाइनलमा मारियो जागालो


नेपालखबर
पुस २१, २०८० शनिबार १३:४०, काठमाडौँ

ब्राजिलका सर्वकालीन महान् फुटबल खेलाडीमध्येका एक मारियो जागालोको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

उनले आफ्नो टोलीलाई पहिलो पटक (१९५८ मा) विश्व च्याम्पियन बनाउन योगदान दिए भने अर्को विश्वकप (१९६२) मा पनि उनले आफ्नो टिमलाई विश्व च्याम्पियन बनाए। 

तर उनले खेलाडी हुँदाभन्दा बढी मान्यता तब पाए, जब उनको प्रशिक्षणमा ब्राजिल १९७० मा विश्व च्याम्पियन बन्न सफल भयो। 

यो ब्राजिल तेस्रोपटक विश्व च्याम्पियन बनेको थियो र तीनैपटक मारियो टोलीको साथमा थिए, सुरुका दुईपटक खेलाडी र तेस्रोपटक प्रशिक्षकका रूपमा।

संयोगवश, महान् फुटबलर पेले तीनपटक ब्राजिलबाट खेलिसकेका थिए।

यति मात्र होइन, उनले सन् १९९४ मा ब्राजिल फुटबल टिमको प्राविधिक निर्देशकका रूपमा भूमिका निर्वाह गरे र त्यतिबेला पनि ब्राजिल विश्व च्याम्पियन बन्न सफल भयो।

धेरै स्वास्थ्य समस्याका कारण उनी सन् २००६ देखि खेलबाट टाढिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .