शेर मल्ल र विकास अग्रीको घातक बलिङमा कोसी प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा १ सय २३ रनमा अलआउट भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोसी प्रदेश ३२ ओभरमा १ सय २३ रनमा अलआउट भएको हो।
कोसीका लागि मिनास थापाले बनाएको २६ रन नै सर्वाधिक रह्यो। कप्तान अंकित थापाले २२ रन थपे। कमल खत्री १८ र फिर्दोस अन्सारी १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कोसीलाई कम स्कोरमा रोक्न शेर मल्ल एक्लैले ५ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २८ रन खर्चे।
विकासले ७ ओभरमा १ मेडन राख्दै ४ विकेट झार्दा मात्र ९ रन दिए।
60
Shares
प्रतिक्रिया