ओपनर विपिन रावल ३९ रन बनाउँदै आउट भएपछि नेपाली टोली समस्यामा परेको छ।
आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ओपनर रावल ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।
इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले नेपालले २७ ओभरको खेल जारी रहँदा ५ विकेट गुमाएर मात्र ९६ रन बनाएको छ।
नेपालका लागि कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए।
ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।
सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रजमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।
उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए।
Shares
प्रतिक्रिया